धनगढी : केदार पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपेन्द्र राज सिराडीले जन्मदिनको अवशरमा आर्थिक अभावले उपचार प्रभावित भएकी जानकी जोशीलाई आर्थिक सहयोग गरेका छन् ।
डोटीको बडिकेदार ५, बमन गाउ घर भई प्लीहा रोगको संक्रमणबाट दश महिना अघिदेखि अत्यन्तै ग्रसित हाल भारत मुम्बई स्थित केइएम अस्पतालमा उपचाररत खगेन्द्र राज जोशी की जीवन संगिनी जानकी जोशीको उपचारका लागी उनले आर्थिक सहयोग गरेका हुन् ।
लाखौँ खर्च भएर पनि रोग नियन्त्रणमा नआएको र अझै कम्तिमा दश लाख भारतीय रूपैयाँ खर्च लाग्ने जानकारी पश्चात आफ्नो तर्फबाट जन्मदिनको खर्च कटाएर केही सहयोग गरेको सिराडीले बताए ।

