कैलाली। कैलालीका बाढीप्रभावित घरबार बिहिन भएका छन्। जेठ अन्तीम र असार पहिलो साता परेको वर्षातका कारण आएको बाढीले कैलालीका बिभिन्न क्षेत्रका स्थानिय प्रभावित भएका हुन्। कैलालीकी रितादेवी कामीसहित उनको परिवार असार १ गते देखी सडकमा पाल टाँगेर बसेकी छन् । कान्द्रा नदीले घर डुवाएपछि उनीसहित एक सय भन्दा बढी परिवार त्यहा पाल टागेर अस्थाई रुपमा बसोबास गर्दै आएका छन् ।
धनगढी टीकापुर सडक खण्डको गेणेशमान चौक नजिकै उनीहरु बसेका छन् । कैलालीको भजनी नगरपालिकाको ५ पुलियापुर स्थित एक पुरै दलित बस्ती डुवानले घरबार बिहिन भएका छन् । हरेक वर्षको वर्षायाममा कान्द्रा नदीमा आउने बाढीका कारण बस्ती नै डुबानको चपेटामा पर्ने गर्दछ । यस वर्षपनि बस्ती पुर्णरुपले डुबानमा परेपछि उनीहरु हुलाकी सडकमा त्रिपाल टाँगेर सडकमा बस्न थालेका छन् । बस्तीमा बाढी पसेपछि पुरै घरमा रहेका लत्ताकपडा, खाद्यान्न र बस्तुभाउहरु सबै बगाएको कैलालीको भजनी नगरपालिकाको ५ पुलियापुरका बाढीपिडित लालबहादुर बिकले बताए ।
हरेक बर्ष लालबोझी र भजनी क्षेत्रमा मोहना नदी र कान्द्रा नदिले हजारौ घर बाढीले प्रभावित पार्दै आएको छ ।असार १ गतेदेखि नै बस्तीमा पानी बसेर डुबान भएपछि सडकमा बास भएको बाढीपिडीत रतन कामीले भने। हरेक बर्ष यस्तै समस्या हुन्छ हाम्रो लागी कसैले पुर्नस्थापनका बारेमा सोचेको छैन उनले भनिन्।’ डुवानबाट १५ घरपरिवारका १ सय जना प्रभाबित भएको स्थानीय रीतादेबीकामीले भनिन्। एकाएक बस्ती डुवानमा परेपछिगाई भैसी कुखुरा छोेडेर ज्यानजोगाउन सडकमा आएर बसेको उनले दुखेसो गरिन्। हरेक वर्ष कान्द्रा नदीमाआउने बाढीका कारण बस्ती डुवानमा पर्ने र आफुहरु सडकमा आएर बस्नु पर्ने बाध्यता रहेको स्थानीय लालबहादुर बिकको भनाई छ। राती अध्याँरोमा बर्षातको समयमा निकै समस्या भएको उनले बताए। रातीको समयमा सर्प किरा फट्याङ्ग्रा लगायत बिभिन्न ब्यक्तीहरुबाट डर लाग्ने गरेको उनले बताए।
सडकमा बास बस्दा कुकुर र मानसिक सन्तुलन बिग्रेका मानिसहरुले सताउने गरेको परुली कामीले दुखेसो पोखिन् । बिगत १२ वर्षदेखि डोटी र दैलेख जिल्लावाट बसाईसरी आएका सुकुम्वासी दलित बस्तीलाई हरेक वर्ष कान्द्रा नदीको बाढीले दुःख दिने गरेको छ उनले भनिन्। सो क्षेत्रमा हरेक बर्ष बाढी र नदीको कटानबाट जनता सास्ती भोग्नुपर्ने बाध्यता रहदै आएको छ । आफुहरु बिगत १२ वर्षदेखि डुबानका कारण हरेक वर्षको असार देखि असोज कार्तिक महिना सम्म सडकमै बस्ने गरेको स्थानिय बताउछन्। बस्ती डुवानका कारण १५ घरपरिवार समस्यामा परेपनि स्थानी सरकार, प्रदेश सरकार र संघियसरकारले कुनै बास्ता नगरेको उनिहरुको गुनासो छ।समयमै आफुहरुको ब्यवस्थापन गरीदिन उनीहरुले आग्रह समेत गरेका छन् ।


