कैलाली। कैलालीको गेटास्थित मनहरा नदीमा ट्रक पल्टिँदा दुई जना घाइते भएका छन्। कैलालीको गोदावरी नगरपालिका-५ गेटास्थित मनहरा नदीमा ना ६ ख ६८२५ नम्बरको ट्रक खसेको प्रहरीले जनाएको छ। ट्रक आफै अनियन्त्रित भई पल्टिएको बताइएको छ।
दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका-१३ का ५० वर्षीय गणेश आले र सहचालक धनगढी-७ का १९ वर्षीय रमेश भुजेल घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुवै जनाको केजी अस्पतालमा उपचार भइरहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


