धनगढी। नेपाल फोटो पत्रकार महासंघ कैलालीको अध्यक्षमा दिनेश बिष्टलाई सर्वसमत चयन गरेको छ । नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाको चौथो अधिवेशन बाट बिष्टलाई निरविरोध चयन गरेको हो । यस्तै उपाध्यक्षमा लोकु सिँह ठकुरी सचिबमा राजकुमार साउँद र यस्तै सह सचिबमा जर्नादन उपाध्याय, कोषाध्यक्षमा रमित पाण्डे तथा सह कोषाध्यक्षमा सरस्वती साफारी चयन भएहका हुन ।
सदस्यहरुमा सुर्दशन श्रेष्ठ, तेज बोहरा, राजन जैगडी, हरिष बम, क्षितीज साउँद, शारदा फुलारा, राम सुनार, मदन शाही, पवित्रा ढकाल चयन भएका छन्,भने केन्द्रीय पार्षद ५ जना र प्रदेश पार्षद ४ जना चयन गरिएका छन् । नेतृत्व सर्बसम्मत बाट चयन गरेको हो ।




