कैलाली। कैलाली-कञ्चनपुरसहित सदूरपश्चिमका पहाडी जिल्लामा बिहानैदेखि वर्षा भइरहेको छ। यस्तै यता सुदूरपश्चिमको अस्थायी राजधानी कैलालीको धनगढीमा पनी शनिबार बिहानैदेखि वर्षा भइरहेको छ। कैलाली-कञ्चनपुरसहित सुदुरपश्चिमका पहाडिजिल्ला डडेल्धुरा, बाजुरा, बझाङ, डोटी, अछाम र दार्चुलामा वर्षा भइरहेको जनाइएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।आज सुदूरपश्चिममा सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ। सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाइएको छ।
त्यस्तै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको र एक–दुई स्थानमा भारी वर्षा समेत भइरहेको छ।बाँकी भू–भागका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज देशका पहाडी भू–भागमा सामान्यदेखी पूर्ण बदली रहने र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने बुलेटिनमा उल्लेख छ।

