कञ्चनपुर। कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद गरिएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले अवैध सामान बरामद गरेको हो।
जिल्लाको कृष्णपुर नगरपालिका ५ बनदेवी सामुदायिक वन भित्र भारतबाट भन्सार छली ल्याइएका कोट पाइन्टको थान कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सामुदायिक वन जंगल स्थित भारतबाट भन्सार चोरी छली गरी ल्याई वेवारिसे अवस्थामा लुकाई छिपाई गरी राखेको १ लाख ५३ हजार ६ सय बराबरको थानको कपडा बरामद गरी भन्सार कार्यालय त्रिनगर कैलाली बुझाइएको प्रहरीले जनाएको छ ।


