धनगढी। धनगढीमा अत्यधिक गर्मीका कारण सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालय धनगढीमा रहेका ९ जना प्रहरी जवान प्रशिक्षार्थीलाई ‘हिट स्ट्रोक’ भएको छ। अत्यधिक गर्मीका कारण १० किलोमिटर दौडका क्रममा ९ जना बेहोस भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
बिहोस हुनेमा सरोज चौधरी, प्रसान्त रावत, दिनेश सुनार, सन्तोष नेपाली, हरि बिक, अर्जुन थारु, भरत बिष्ट, हरिनारायण राना र ताराप्रशासद पुलामी मगर रहेका छन् । उनीहरु सबैलाई सेती प्रादेशिक अस्पतालमा लगिएको थियो। नयाँ भर्ना भएका तालिमे प्रहरी जवानहरू अत्यधिक गर्मीका कारण ‘हिट स्ट्रोक’ भएर भर्ना भएका हुन् ।
धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिए । सरोज चौधरीको भेन्टीलेटर र प्रसान्त रावतकोआईसियुमा राखेर उपचार कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनीहरुको अबस्था चिन्ताजनक रहेका बताईएको छ। भाद्रमा नयाँ भर्ना लिएर ९८ जना प्रहरी जवानलाई सुदूरपश्चिम प्रदेश प्रहरी गणमा प्रशिक्षणको दौरानमा छन् । अन्य ७ जना भने सामान्य उपचारपछि फर्किएका छन्। तालिमका क्रममा रहेका उनीहरु भदौंमा पासआउट हुने एक प्रहरी अधिकारीले बताएका छन्। सुदूरपश्चिम प्रदेश दिपायल तालिम केन्द्रमा बढी प्रशिक्षार्थी भएका कारण केहीलाई धनगढी र केहीलाई महेन्द्रनगरमा तालिम प्रदान गरिरहेको उनले बताए। अहिले धनगढीमा अत्यधिक गर्मीका कारण जनजिवन प्रभावित भएको छ ।


