धनगढी। कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनकालागि भएको मतदानको मतगणना जारी छ। अहिलेसम्म ६०० मतगणना हुँदा
पुस्पराज कुँवर प्यानल अगाडी देखीएको छ। अध्यक्ष पदमा पुस्पराज कुँवरले ३६२ मत प्राप्त गरेका छन् भने उनका प्रस्तीसपर्धी सुरेन्द्र राठीले २०२ मत प्राप्त गरेका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझाले ३३१ मत ल्याउँदा उनका प्रतिस्पर्धी हरिशंकर ठाकुरले २३१ मत ल्याएका छन्। उद्योग उपाध्यक्षमा दिनेश लम्साल ३२८ मत ल्याएका छन भने, उनका प्रतिस्पर्धी घनश्याम चौधरी २०५ ल्याएका छन।
यस्तै एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल २८८, प्रकाशचन्द्र भट्ट २३७,वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त २८९, केशवदत्त पाण्डेय २२८, महासचिवमा ओमबहादुर विष्ट २७४, सिद्धराज पनेरु २६६, कोषाध्यक्षमा भीमराज ओझा अब्बु ३७६, रंजनकुमार शर्मा १६१, र सचिवमा सुरेश पाण्डेय २१२, महेन्द्रकुमार सिंह १८३ र जयराज न्यौपानेले १२१, मत प्राप्त गरेका छन्। संघको चुनावमा १ हजार ९५ मत खसेको थियो। निर्वाचन संयोजक लोकबहादुर बिष्टका अनुसार जम्मा १६१२ मतदाता रहेकोमा चुनावमा १ हजार ९५ जनाले मतदान गरेका थिए ।
हेर्नुहोस कसको मत कती


