कञ्चनपुर। सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी गरिएको छ। बिहीबार राप्रपा निकट रास्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा तालाबन्दी गरेको हो।
संगठनले सुप विश्वविद्यालय कानुन संकायको दोस्रो सेमेस्टरमा अध्ययनरत छात्र अँशु वर्मालाई व्यक्तिगत कारणले एन.क्यु. लगाएर परिक्षामा बस्न नदिएको भन्दै विज्ञप्ति जारि गर्दै तालाबन्दी गरेको जनाएको छ। सुदुरपश्चिमाञ्चल विश्वविद्यालयले व्यक्तिगत मुद्दाका कारण विद्यार्थीको परिक्षा रोकेको भन्दै विद्यार्थीहरुले घोर आपत्ति जनाएका छन्।
विश्वविद्यालयले आफ्नो कदम नसच्चाए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । प्रेम रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘एउटा छात्रलाई व्यक्तिगत मुद्दा लिई एन.क्यू लगाई परिक्षामा सहभागी नहुन दिएकोमा हाम्रो संगठनको घोर आपत्ति छ।’“विश्वविद्यालयको नियमानुसार ८० प्रतिशत हाजिर पुगेका विद्यार्थीले मात्र परिक्षामा सहभागी हुन पाउने नियम छ तर अधिकांश विद्यार्थीहरुको ८० प्रतिशत नपुगेतापनि परिक्षामा सहभागी भैरहेका छन्” संगठनका इकाई कमिटि अध्यक्ष प्रेम रावलले भने “नियम सबैका लागि समान हुनुपर्छ कि त कसैलाई बस्न दिनु भएन कि सबैलाई बस्न दिनु पर्यो, व्यक्तिगत मुद्दा लिई एन.क्यु.लगाई परिक्षामा सहभागी हुनबाट बन्चित गर्न पाइदैन।”


