धनगढी। धनगढीमा रहेको वेस्टर्न क्रिस्टल एकेडेमीले आफ्ना होटल म्यानेजमेन्ट (H.M)मा अध्यनरत+२का विद्यार्थीलाई निशुल्क गोवा भ्रमण गराउने भएको छ ।
एकेडेमीले नेपालमै पहिलो पटक आफ्ना बिद्यार्थिलाई निशुल्क हवाई भाडा सहित बिश्वकै पर्यटकिय शहर गोवा भ्रमण गराउन लागेको हो । एकेडेमीले नेपालमै पहिलो पटक आफ्ना बिद्यार्थिलाई निशुल्क हवाई भाडा सहित गोवा भ्रमण गराउन लागेको वेस्टर्न क्रिस्टल एकेडेमीका अतिरिक्त क्रियाकलाप प्रमुख नितिश जोशीले बताए।
उनले भने, यस अघि पनि एकेडमीले आफ्ना विद्यार्थीलाई रेल मार्फत गोवा लगिसकेको छ। यस पटक भने यात्रा सहजका लागि हवाई मार्गद्वारा विद्यार्थीलाई शैक्षिक भर्मणमा लगिदै छ । हरेक बर्ष यसरी नै शैक्षिक भर्मणलाई निरन्तरता दिने अतिरिक्त क्रियाकलाप प्रमुख नितिश जोशीको भनाई छ ।भारतको पर्यटकीय स्थल गुवामा रहेका होटलको स्तर र त्यहाँको व्यबस्थापनका बारेका जानकारी दिन विद्यार्थीलाई लैजान लागेको जोशीले जानकारी दिए ।
यस्ता कार्यक्रमले गर्दा विद्यार्थिको थप प्रोत्साहित हुने बताउँदै उनले विद्यार्थिको पढाइलाई थप ऊर्जावान् र गुणस्तरीय बनाउन कलेज सधैँ अगाडी रहने बताए । कलेजले बिद्यार्थिलाई नयाँ प्रबिधि र व्यवस्थापन सिकाउन यस्ता कार्यक्रम सधैँ गरीरहने जोशीले बताए । जोशीका अनुसार यसै वर्षबाट धनगढीमा आफ्नै सुविधा सम्पन्न भवनमा पढाई सुरु हुने छ ।


