कैलाली। नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तारा प्रसाद जैशी (सन्ज्याल)माथी भएको आक्रमणमा संलग्नलाई कार्वाहीको माग गरिएको छ।
बैसाख ३० गतेको निर्वाचन सम्पन्न पश्चात कैलालीको टिकापुर १ स्थीत भावना होटलमा जैशीमाथी भएको आक्रमणमा संलग्न दोषिलाई कार्वाहीको दायरामा ल्याउन माग गरिएको हो । नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सबले प्रेस बिज्ञप्ती जारी गर्दै प्रदेश कमिटी सदस्य जैशी सन्ज्याल माथि बसैकै कोठामा सांघातिक हमला भएको जनाएका छन् ।
जैशीकै कोठामा गई पृथ्वी रावलसहित ३/४ जनाको समुहले कोठाको बत्ती निभाई अध्यारोमा सांघातिक हमला गरी ज्यान मार्ने उदेश्यले योजनाकार र हमलामा संलग्नहरुलाई यथाशिघ्र खोजी गरी कानुनी दायरामा ल्याउन मागसहित अनुरोध गरेका छन् ।साथै उनले बिज्ञप्ती मार्फत घटनाप्रती गम्भीर ध्यानाकर्षण भएकोले उक्त कार्यको घोर भर्सना र निन्दा गर्दछौँ प्रेस बिज्ञप्तीमा भनिएको छ । यदि तत्काल दोषिलाई कार्वाहीको दायरामा नल्याए माओवादी केन्द्र शसक्त प्रतिरोध गर्न बाध्य हुने बिज्ञप्ती मार्फत जनाइएको माओवादी नेता रमेश प्रसाद भट्टराईले जानकारी दिएका छन् । हेर्नुहोस् बिज्ञप्ती



