धनगढी। धनगढीको मोहना नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। बिहीबार नुहाउने क्रममा नदीमा डुबेर एक तेस्रो लिङ्गीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
डुबेर मृत्यु भएकी उनलाई स्थानीयले नदीबाट निकालेका थिए। तर उनको अहिलेसम्म पहिचान खुल्न सकेको छैन् । अहिले प्रहरीले घटनाको बारेमा जानकारी लिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले जानकारी दिएका छन्। उनको घर अछाम रहेपनी थप विवरण खुल्न बाँकी रहेको उनले जानकारी दिएका छन् ।


