धनगढी। धनगढीमा रहेको एक राइस मिलमा आगलागी भएको छ । धनगढी उपमहानगरपालीका १५ कनरीमा रहेको गायत्री राइस मिलमा मिलमा बिहीबार बिहान साढे १० बजे आगलागी भएको हो ।
आगलागीबाट मिलमा भएको सम्पूर्ण अन्न जलेर नष्ट भएको मिलका सञ्चालक किरण सिंहले जानकारी दिएका छन्। खरले छाएको भान्साबाट सल्किएको आगो मिलमा पसेपछि क्षतिको मात्रा बढेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
“स्थानीयको सहयोगमा अहिले आगो नियन्त्रणमा लिइएको छ”, उनले भने, ‘घटनाबारे थप अनुसन्धान जारी छ ।” आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।आगलागी भएर पटक–पटक सम्पर्क गर्दा पनि धनगढी उपमहानगरपालिकाको दमकल आउन ढिलासुस्ती गरेकाले स्थानीयले आक्रोशित बनेको प्रहरीको भनाइ छ ।


