धनगढी। धनगढीमा अपांगता भएका बालबालिकाको योजना र रेफेरल सेवा सम्बन्धि बैठक गरीएको छ। मंगलबार युएस आईडि, ह्यान्डिक्याप ईन्टरनेस्नल र बिश्व क्षिक्षाको सहकार्यमा सर्वाङीण अपांगता बिकास समाज नेपाल , धनगढी कैलालीद्वारा अपांगता भएका बालबालिकाको योजना र रेफेरल सेवा सम्बन्धि जानकारी बैठकमा गराइएको हो ।
अपांगता भएका बालबालिकाहरुको शिक्षामा पहुँच अभिबृद्धी गर्न सबैकालागि पढाई कार्यक्रमको आयोजनामा धनगढी उप महानगरपालिका स्थित शाखा प्रमुखहरु नगर प्रमुख , उप प्रमुख र सरोकारवाला सेवा प्रदायक निकायका प्रतिनिधिहरु संगको योजना तथा समिक्षा बैठक गरीएको हो । उक्त गोष्ठीमा सबैका लागि पढाई कार्यक्रम अन्तर्गत कैलाली जिल्लाको १३ पालिकाका ५५४ बिधालयका पुर्ब प्राथमिक तह देखि कक्षा ३ सम्ममा अध्ययन गरिरहेका छन् ।
कार्यगत सिमितता शंकामा परेका ४४८८ बालबालिकाहरु मध्ये धनगढी उप महानगरपालिकामा ११८९ जना बालबालिकाको कार्यगत सिमितता पहिचान गर्न धनगढी उप महानगरपालिकाले धनगढीका तीन पायक पर्ने स्थानमा शिबिर संचालन गर्ने र सोका लागि लागत तयार गरि कार्यपालिकाबाट अनुमोदन गराई गर्नु पर्ने नगर प्रशासकीय प्रमुख राम लाल श्रेष्ठले जानकारी गराए । वाशिङ्टन ग्रुप प्रश्नावली अनुसार शंकामा परेका शारीरिक ३१३सुनाई सम्बन्धि समस्या भएका २३४ हेराई सम्बन्धी समस्या भएका १७५ र मनोसामाजिक समस्या भएका ४५७ जना बालबालिकाहरुलाई रेफेरल सेवा दिन उक्त बैठकको आयोजना भएको थियो ।
उक्त बैठकमा धनगढी उप महानगर पालिकाका स्वास्थ शाखा प्रमुख कृष्ण बोहराले बृहत स्वास्थ सेवा नगरपालिकाले संचालन गर्न सस्थाको प्रतिनिधि र स्वास्थ शाखाको प्रतिनिधि बसेर आवश्यक कार्य योजना बनाई रेफेरल सेवा दिने प्रतिबद्धता व्यक्त गरेका छन्। यो परियोजनाले कैलाली जिल्लाको १३ पालिकाको ४८३ स्कुलमा हेड सर तालिम, प्रारम्भिक पहिचान तालीम , श्रोत बिधालयमा शैक्षिक सामग्री वितरण अपांगता भएका बालबालिकाहरुको तथ्यांक संकलन जस्ता कार्यक्रम सम्पन्न गरि रेफेरल सेवा तर्फ उन्मुख भएको सस्थाका कार्यकारी निर्देशक नन्दराज भट्टले जानकारी दिए ।साथै उक्त कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरुको सम्मान तथा आ.व.२०७९/८०को लागि अपांगता भएका ब्यक्तिहरुकोलागि २१ वटा क्षेत्र समेतेर तयार पारिएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै यसमा समाबेश भएका मुलभुत कुराहरू पन्चबर्शिय योजनाको प्राथमिकतामा राखेर कार्यान्वयन गरिने नगर उप प्रमुख कन्दकला रानाले जानकारी दिएकी छिन् ।



