कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर, उपमेयरमा कांग्रेस विजयी भएको छ । मेयरमा तोयप्रसाद शर्मा र उपमेयरमा भुलियाकमारी राना विजयी भएका हुन् ।
नेपाली काँग्रेस बाट नगर प्रमुख पदका उमेदवार तोया प्रसाद शर्माले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार पदम बहादुर पुजारालाई ५,३३२ मतको फराकिलो मतान्तरले हराउँदै बिजयी भएका छन । तोया प्रसाद शर्माले १०,००६ मत प्राप्त गरेका छन भने एमालेका पदम पुजाराले ४,६७४ मत ल्याएका थिए ।
त्यसैगरी नेकपा एकिकृत समाजवादीका उमेदवार जीवन राज थापाले ३,७३४ मत पाएका थिए ।उप प्रमुखमा नेपाली काँग्रेसका उमेदवार भुलिया कुमारी रानाले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्र बाट उमेदवार रहेका धोखे रानालाई पराजित गर्दै नेपाली काँग्रेसकी भुलिया कुमारी राना बिजयी भएकी छिन । भुलियाले ७,३४५ मत प्राप्त गरिन भने धोखेले ५,४९२ मत मात्र प्राप्त गरेका छन । त्यसैगरी एमालेका सुशीला खत्रीले ५,४०३ मत प्राप्त गरेकी छिन ।पुनर्वास नगरपालिकामा ३४,०३६ मतदाता रहेकोमा २३,६०५ मत खसेको थियो भने ६२२ मत बदर भएका थिए ।