धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाका १९ वडामध्ये १६ वटा वडाको गणना सम्पन्न भएको छ। करिब एक हप्तासम्म जारी धनगढी उपमहानगरपालीकाका १९ वडामध्ये १६ वटा वडाको गणना सम्पन्न भएको हो। भने बाँकी वडामा मतगणनाको कार्य भैरहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले वडा नम्बर ११, १२ र १० को अन्तिम मत परिणाम नआएको जनाएको छ। वडा नम्बर १, २, ३, ४, ५, ९, १३, १४, १५, १७ र १९ मा नेपाली काँग्रेस विजयी भएको छ भने ७, ८ र १८ मा एमाले विजयी भएको छ । त्यस्तै, वडा नम्बर ६ र १६ मा माओवादी केन्द्र विजयी भएको छ। मुख्य निर्वाचन अघिकृत जयानन्द पनेरुका अनुसार धनगढी वडा नम्बर १०,११,१२ को मत गणना भोलीसम्म सकिने जानकारी दिए ।
उनले मतगणनाको गणना समय ठिक समयेमै सकिने जानकारी दिए । उनले उपमहानगरपालीकामा धेरै मतदाता रहेकोले मत गणना हुन एक हप्ता लाग्ने स्वभावीक नै भएको बताएका छन् । उनले भने अहिले वडा नम्बर १० को मत गणना भैरहेको छ, आज राती सकिन्छ, बाँकी भोली ११ र १२ नम्बर वडाको सकिन्छ उनले भने । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १९ वडामध्ये ११ मा नेपाली काँग्रेस, ३ मा नेकपा एमाले र २ मा माओवादी केन्द्र विजयी भएको छ। वडा नम्बर ९, ११, १२ र १० को अन्तिम मत परिणाम आउन बाँकी छ ।