धनगढी। सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ। शनिबारदेखि मतगणना सुरू भएकोमा बुधबार राती सम्म २६ हजार ८५१ मतगणना भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले १२ हजार ४६९ मत पाएका छन्।यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ६ हजार ३६ र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ७८६ मत पाएका छन्। हमाल र वडबीच ६ हजार ४३३ मतको अन्तर छ।यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ५ हजार ४२७ मतका साथ लिड गरिरहेकी छिन्। एमालेकी कन्दकला रानाले ४ हजार ७ सय ५९ मत र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार २०७ मत पाएका छन्। अहिलेसम्म वडा नम्बर १, २, ३, ४ १८ र १९ को मतगणना सम्पन्न भएको छ। अहिले ५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ।शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए।