कैलाली। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि भारतसँग जोडिएका सीमानाका बन्द हुने भएका छन् ।
भारतसँग सीमा जोडिएका जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारी गर्दै आजदेखि ७२ घण्टाका लागि नाका बन्द गर्ने जनाइसकेका छन् । कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, मोरङ, सुनसरी, झापा, नेपालगञ्जलगायत भारतसँग जोडिएको सीमा जोडिएका जिल्लाका नाका आज रातिदेखि बन्द हुने छन्।
शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका आज राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि सीमा नाका बन्द हुनेछन्।खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्नसक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमानाका बन्द गर्ने निर्णय भएको थियो । दुईपक्षीय बैठकले निर्वाचनको ४८ घण्टा अघि दुई देशका सीमा क्षेत्रमा मदिराको बिक्री, वितरण र सेवनमा रोक लगाउने निर्णय भएको थियो ।