बाजुरा। बाजुरामा (शुक्रबार) हिजो भएको घटनामा सलग्न २ जना काँग्रेसका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार बाजुराको बुढीनन्दा नगरपालिका ९ स्थित अगाउँपानीमा नेकपा एकिकृत समाजबादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली काँग्रेसका कार्यकर्ताहरुले ढुगांमुढा प्रहार गरेपछी दोहोर झडप भएको भएको बाजुरा प्रहरीले जनाएको छ ।
घटनामा प्रत्येक्ष संलग्न भएको भन्दै नेपाली काँग्रेसका नरेन्द्र सार्की र केशब कार्कीलाई प्रहरीले प्रक्राउ गरेर सदरमुकाम ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन । पाण्डुसेन शुक्रबार(हिजो) दिनभर तनाबग्रस्त बनेको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि १६ राउन्ड हवाइ फायर समेत गरेको थियो । पछि साँझ सम्म स्थिति नियन्त्रणमा आउन नसकेपछि सदरमुकामबाट सिडियो उपेन्द्रराज पौड्याल र डिएसपी चर्तुभुज ओझा सहित सुरक्षाकर्मीकोे टोली घटना स्थलमै गएको थियो।
सुरक्षा निकायका प्रमुख सहितको टोली पाण्डुसेन घटनामा पुगेपछि घटनामा दोषी ठहर गरिएका काँग्रेसका नरेन्द्र सार्की र केशव कार्कीलाई प्रक्राउ गरिएको प्रहरीले बताएको छ । त्यस्तै घटनामा घाइते भएका नेकपा एकिकृत समाजवादीका जिल्ला सचिव पुर बहादुर रावत र खडक बोहोरासहित ६ जनालाई प्रहरीलेनै उपचारका लागि सदरमुकाम मार्तडी ल्याएको छ ।काँग्रेस कार्यकर्ताले चक्कु प्रहार गर्दा नेता रावतको हातमा र खड्क बोहराको टाउकोमा चोट लागेको छ ।काँग्रेसका कार्यक्रताले चक्कु प्रहारबाट घाइते समाजवादीका जिल्ला सचिब पुर बहादुर रावत र खडक बोहोरालाई उपचारकालागि सदरमुकाम मार्तडी ल्याइएको छ । घटनामा १० जना प्रहरी समेत घाईते भएको प्रहरीले बताएको छ ।