कैलाली। कैलालीको अत्तरियामा ट्रकमा अटो ठोक्किँदा २ जना घाइते भएका छन्। कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया बजारमा ट्रकमा अटो ठोक्किँदा २ जना घाइते भएका छन्।
गोदावरी नगरपालिका कार्यालय अगाडी भएको दुर्घटनामा धनगढी उपमहानगरपालिका–१३ का पुष्कर पाण्डेय र कञ्चनपुरको कृष्णपुर नगरपालिकाका पुष्कर धामी घाइते भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।
घाइतेहरुलाई अत्तरियाको पद्मा अस्पतालमा सामान्य उपचारपछि धनगढीको सेती प्रादेशिक अस्पतालमा रेफर गरिएको छ। मंगलबार धनगढीबाट अत्तरियातर्फ गइरहेको सु प प्र ०१००१ख १६६४ नम्बरको ट्रकमा से१ह २५०८ नम्बरको अटो पछाडिबाट ठोक्किएको प्रहरीले जनाएको छ।


