कैलाली। कैलालीको अत्तरिया चोकमा स्व. राजा महेन्द्रको शालीक अनावरण गरिएको छ। २०६२/०६३ को आन्दोलन पछि तोडफोड गरिएको राजा महेन्द्रको शालिक १६ वर्षपछि पुनः राखिएको हो ।
सोमबार एक समारोहकाबीच महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडक खण्डमा पर्ने अत्तरिया चोकमा साढे ६ फिट अग्लो शालीक अनावरण गरिएको हो। स्थानीय युवा व्यवसायी हरिदत्त भट्टराईको संयोजकत्वमा सालिका पुनर्स्थापना गर्न नागरिक समिति गठन गरिएको थियो। सालिक निर्माण संयोजक भट्टराईले सर्वसाधारणको तर्फबाट आर्थिक सहयोग संकलन गरेर १५ लाखको लागतमा निर्मांण गरिएको बताए।
विशालीकको लोमस गिरिजी महाराज मठाधिश निरन्जनी अखाडाले अनावरण गरेका थिए।सोमबार बाजागाजासहितको झाँकीले अत्तरिया बजार परिक्रमा गरेर मंगलध्वनीसहित सालिक अनावरण गरिएको थियो। कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्व अर्थ मन्त्री डाक्टर प्रकाशचन्द्र लोहनी, प्रदेश अध्यक्ष धर्मराज जोशीलगायत स्थानीय व्यवसायी र युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


