धनगढी। कैलालीको मोहनापुल अत्तरीया ६ लेन सडकको निर्माण कार्य सम्पन्न गर्न चौथो पटक म्याद थप भएको सम्झौता अवधीमा काम सम्पन्न नहुने भएको छ।
मोहनापुल अत्तरीया ६ लेन सडकको चौथो पटक (२०७८ मंसिर १५ देखी २०७८ चैत ३०)सम्म म्याद थप गरिएकोमा उक्त अवधी सकिन १ दिन मात्रै बाँकी रहदा सडकको काम अधुरै रहेको पाइएको हो । १४ दशमलब ५ किलोमिटर रहेको मोहनापुल धनगढी अत्तरीया सम्मको ६ लेन सडकको ५ प्रतीशत काम सम्पन्न गर्न बाँकी छ ।
फुटपात, ब्लकिङ, रोडमा ग्राबिलिङ, पेन्टिङ, रेलिङ, ट्राफिक संकेतको काम बाँकी रहेको हो। सडकको काम अधुरै रहँदा पुनः म्याद थप हुने या के हुने भन्ने यकिन छैन् । मोहनापुल अत्तरीया ६ लेन सडक निर्माणका लागी २०७४ जेठ १६ गते सम्झौता भएको थियो । सम्झौता अनुसार २०७६ जेठ १५ गते भित्र नै निमार्ण कार्य सम्पन्न गरी सक्नुपर्ने भएपनी सो सडक क्षेत्राधिकारमा परेका रुख कटान, बिद्युत पोल, टेलिफोन, घरको मुआब्जाका कारण सुरुमा ढिलाई भएको मोहनापुल अत्तरीया ६ लेन सडक आयोजनाले जनाएको छ । तर त्यसपछि पहिलो पटक २०७६ जेठ १५ देखी २०७७ मंसिर १५ सम्म म्याद थप भएको थियो । तर उक्त अवधिमा पनी सडक निमार्णको कार्य सम्पन्न भएन् ।
यस्तै दोस्रो पटक २०७७ मंसिर १५ देखी २०७८ जेठ १५ सम्म र तेस्रो पटक २०७८ जेठ १५ गते देखी २०७८ मंसिर १५ सम्म म्याद थपीदा उक्त अवधीसम्म पनी निर्माण कार्य सकिएको थिएन । यस्तै निर्माण कार्य बाँकी रहदा मोहनापुल अत्तरीया ६ लेन सडक निर्माणका लागी पुनः चौथो पटक म्याद थप्नुप¥यो। पुनः २०७८ मंसिर १५ देखी यही चैत ३० गते (२०७८ चैत ३०)सम्म म्याद थप गरिएकोमा समयमै ६ लेन सडक निर्माणको कार्य सम्पन्न नहुने देखीएको छ।अब सम्झौाता सकिन १ दिन मात्रै बाँकी छ । जसकारण अब फेरी म्याद थप हुने वा आयोजना खारेजी हुने जोखीम बढेको हो। पटक पटक सडक निर्माणका लागी म्याद थप गरिएपनी समयमै सडक नबन्दा स्थानिय पनी निराश छन् ।६ लेन सडक आयोजना कार्यान्वयन इकाइ कार्यालयका सूचना अधिकारी इन्जिनियर भुवन खड्काले ‘कामको गतिलाई बढाए निर्माण कम्पनीले तोकिएको समावधिभित्रै काम सम्पन्न गर्न सक्छन्,’ खड्काले भने, ‘दोस्रो चरणको अत्तरिया–गोदावरीसम्मको सडक खण्डको विस्तार ६ लेनमा पार्न सकिएन भने असारमा आयोजना फेज आउट हुन्छ ।’ उनले अत्तरिया–गोदावरी खण्डको ६ लेन विस्तारको दोस्रो चरणको कामका लागि डीपीआर तयार नभएको बताएका थिए ।
तर हाल सूचना अधिकारी इन्जिनियर खड्काको सरुवा भैसकेको छ । धनगढी ५ तारानगरका लक्ष्मण बहादुर शाह (पसल ब्यवसायी)ले पटक पटक म्याद थप गर्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए । सडक मर्मतको कार्य समयमै सम्पन्न गर्न नसक्नु साथ राज्य नै गम्भीर नभएको बताए । राज्यले सडक मर्मतको कार्य कडाइका साथ अघि नबढाउने र तोकिएको अवधीमा निर्माण कार्य सम्पन्न नगर्ने कम्पनी तथा ठेकेदारलाई नियमन र कार्वाही तथा कालोसुचीमा राख्ने, लाइसेन्स खारेज गर्नुपर्ने नियम बनाउनुपर्ने उनको भनाई छ । राजनितीक सेटिङ र सुरक्षाका कारणपनी म्याद थप, गुणस्तर हिन काम हुने गरेको बताए । समयमै काम नबन्दा स्थानिय तथा ब्यापार ब्यवसायीलाई समस्या हुने उनको भनाई छ । ६ लेन सडक निमार्ण भएमा स्थानियलाई सहज हुने भएपनी सडक निर्माणमा पनी केही स्थानमा गुणस्तरहिन काम भएको धनगढी ३ चटकपुरका टंक प्रसाद पोख्रेलले बताए ।
सडक उपयोगको सेवा सुबिधा जनताले समयमै पाए सबैलाई राम्रो हुने उनले बताए । सरकारले जनतालाई भन्नेबित्तीकै कर ट्याक्स दिने तर सरकारले जनतालाई समयमै सेवा दिन नसक्नु सरकारको कमजोरी ठाने ।सडक बिस्तारका लागी जनताले ठाउँ खाली गराए । तर समयमै निर्माण कार्य नगरीदा सरकारको लार्पवाही भएको बताए । समयमै जनतालाई उचित सेवा दिनुपर्ने उनको धारणा छ । मोहनापुल अत्तरीया ६ लेन सडक आयोजना सब इन्जीनियर करिश्मा भट्टले पहिलो पटक सडक क्षेत्रमा परेका रुखहरुको कटान, बिद्युत पोल, टेलिफोन, घरको मुआब्जाका कारण २ बर्ष ढिलाई भएको बताईन् । त्यसपछि कोरोना माहामारीका कारण काम रोकिएकाले काम सम्पन्न हुन नसकेको उनले बताईन् । अब ९५ प्रतीशत काम सम्पन्न भैसकेकाले फुटपातको काम, ब्लकिङ, रोडमा ग्राबिलिङ, पेन्टिङ, रेलिङ, ट्राफिक संकेतको काम बाँकी रहेकाले सम्झौता अवधिमै सकिने सब इन्जीनियर भट्टले दावी गरिन् ।उनले भनिन् सकिन्छ होला ।
अत्तरिया–धनगढी ६ लेन सडक निर्माणको ३ प्याकेजको ठेक्का २०७४ जेठमा भएको थियो । ३ वर्षभित्र सम्पन्न नभएपछि ठेक्का सम्झौताको म्याद थप गरिएको थियो । निर्माणको ठेक्का लुम्बिनी, राजेन्द्र, डाँफे, लामा, शर्मा, नागार्जुन र अमर निर्माण कम्पनीले १ अर्ब ६० करोड रुपैयाँमा लिएका हुन् । सडकको क्षेत्राधिकारभित्र निर्माण भएका संरचना हटाउनमै ढिलाइ भएका कारण समयमा सम्पन्न नभएको र लकडाउनको कारण पनि योजना प्रभावित भएकोले तेस्रो पटक म्याद थप्नुपरेको आयोजना कार्यालयले जनाएको छ । यही खण्डमा पर्ने ३ वटा पुलको ठेक्का सम्झौता भई काम अघि बढेको आयोजनाले जनाएको छ । निर्माण कार्य समयमै सम्पन्न नहुँदा म्याद थप हुने वा आयोजना खारेजी हुने जोखीम बढेकोे छ। उक्त सडकको निर्माण कार्य सम्पन्न गर्न चौथो पटकसम्म म्याद थप भैसक्दा पनी सडकको काम अधुरै हुँदा म्याद थप हुने या आयोजना खारेजीको जोखीम बढेकोे हो ।


