काठमाडौँ। सरकारले नेपाल प्रहरीका तीनजना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।
आज (बिहीबार)बिहान बसेको मन्त्रिपरिषद बैठकले बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलार्ई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । पन्त र धानुकको घर सुदूरपश्चिम हो। यसअघि मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा सिफारिस समितिले यही चैत १ उनीहरुलाई एआईजीमा बढुवा गर्न सरकारसामु सिफारिस गरेको थियो ।
तर उनीहरुको बढुवाविरुद्ध त्यसविरुद्ध लोक सेवा आयोगमा उजुरी परेकाले सरकारले निर्णय लिन ढिलाइ भएको थियो । तर आयोगको बढुवा उपर उजुरी सुन्ने समितिले बुधबार उक्त समितिको बढुवा सिफारिसलाई नै सदर गरेपछि सरकारलाई बढुवा गर्न बाटो खुलेको हो। बढुवा प्रक्रियामा वरिष्ठताको नियम मिचेको भन्दै असन्तुष्ट डीआइजीहरु घनश्याम अर्याल, ईश्वरबावु कार्की र प्रकाशजंग कार्कीले लोकसेवा आयोगमा उजुरी गरेका थिए तर आयोगले भने उजुरी बदर र सिफारिस सदर गरिदिएको छ ।


