धनगढी। नेकपा एकिकृत समाजबादी धनगढी ३ मा केशब ओझाको अध्यक्षतामा ७ सदस्यीय टोल कमिटी गठन गरिएको छ ।
सोमबार नेकपा एकिकृत समाजबादीको धनगढी उपमहानगर पालिका वडा नम्बर ३ बिशाल नगर टोलमा केशब ओझाको अध्यक्षतामा ७ सदस्यीय टोल कमिटी गठन गरिएको हो । जसको उपाध्यक्षमा नम्रता खनाल चयन भएकी छिन् ।
यस्तै सचिबमा लक्ष्मी सिँह,सह सचिबमा बिमला रावल चयन भएको जिल्ला कमिटी सदस्य ओम बिक्रम चन्दले जानकारी दिए । टोल कमिटी गठन कार्यक्रमको सभापतित्व ०३ न वडाका अधक्ष्य राम तोलाङ्गी रहेका थिए । भने प्रमुख अतिथी नगर उप सचिव तुलाराम खनाल अतिथी जिल्ला कमिटी सदस्य टिकाराम पान्डे,ओम बिक्रम चन्द ,योगेन्द्र चन्द रहेका थिए । टोल कमिटी गठन कार्यक्रमको सन्चालन वडा सचिव इश्वर चन्दले गरेका थिए ।


