धनगढी। सुदूरपश्चिम प्रदेश सरकारमा काग्रेंसको सहभागिता संगै सरकार परिवर्तनको सम्भावना बढेको छ। नेपाली काग्रेंसलाई सरकारमा ल्याउने गठबन्दनको तयारी संगै सरकार परिवर्नतको बिषयपनि अघी बढेको छ।
काग्रेंसले सरकारमा चाँडै सहभागी गराउन अनुरोध गर्दे ढिलाई गरे समस्या निम्तिने चेतावनी दिएको छ भने, सबैभन्दा ठुलो दल एकिकृत समाजवादीले प्रदेश सरकारको नेतृत्वका लागी दावी गरेको छ। एमाले बिभाजनको संघारमा पुगेका बेला तत्कालिन माधव नेपाल समुह र माओवादी केन्द्र गठबन्दन बनाएर गत जेठ १४ गते सुदूरपश्चिम सरकारको मन्त्रीपरिषद बिस्तार भएको थियो ।
त्यसपछि एमाले बिभाजन भएर एकिकृत समाजवादी बनेदेखी प्रदेशमा एकिकृत समाजवादी पार्टी र माओवादी केन्द्रको सरकार छ । केन्द्र तथा ६ वटा प्रदेशमा काग्रेंस सहित गठबन्दनको सरकार बनेपनि सुदूरपश्चिममा हालसम्म काग्रेंसलाई सरकारमा सहभागी गराइएको छैन । तर फेरी काग्रेंसलाइपनि सरकारमा सहभागी गराउने बिषय उठेको छ । गठबन्दन बनेको लामो समयसम्म काग्रेंसलाई सुदूरपश्चिम सरकारमा सहभागी नगराएको भन्दै काग्रेंस संसदहरु रुष्ट छन् । प्रदेशसभा शुरु हुनु अघीनै काग्रेंसलाई सरकारमा सहभागी नगराए समस्या निम्तिने काग्रेंसले चेतावनी दिएको छ ।
काग्रेंसका प्रदेशसभा सदस्य तथा संसदिय दलका प्रवक्ता डिल्लीराज पन्तले केन्द्रमा भएको गठबन्दनकै बेला काग्रेंसलाई सरकारमा लानुपर्ने भएपनि सत्तारुढ दलले बेवास्ता गरेको बताए । हामीलाई त्यतिबेलानै सरकारमा लिनुपर्ने हो लगिएन उनले भने “ढिलो भइसकेको छ अब धेरै ढिलो गर्नुहुन्न ४-५ दिनमै काग्रेंसलाई सरकारमा नलिए ठुलै समस्या निम्तिन सक्छ ।” काग्रेंसलाई २ मन्त्रालय र अन्य राज्यमन्त्री सहित सरकारमा लानुपर्नेमा उनले जोड दिए ।
तर सबैभन्दा ठुलो दल रहेको नेकपा एकिकृत समाजवादी पार्टीले आफ्नै नेतृत्वमा काग्रेंस सहितको सहभागितामा सरकार बनाउने गृहकार्यपनि थालेको छ ।
स्वभाविक रुपमा सबैभन्दा ठुलो दलले सरकारको नेतृत्व गर्नुपर्ने भन्दै सुदूरपश्चिममा अब समाजवादीले नेतृत्व गर्नुपर्ने पार्टीको जोड छ । तर केन्द्रमा नेताहरुको बैठकलेनै निश्कर्ष निकाल्ने र यहाँको माग सम्बोधन हुनेमा सुदूरपश्चिमको संसदिय दल ढुक्क छ। हाम्रो पार्टीले सरकारको नेतृत्व गर्ने र मन्त्री परिवर्तन गर्ने कुरा संसदिय दलमा पठाएको छैन नेकपा एकिकृत समाजवादी सुदूरपश्चिम प्रदेशसभाकी प्रमुख सचेतक दुर्गा कामीले भनिन् “सरकारमा काग्रेंसलाई लानुपर्छ भनेर कुरा आएको छ हिजो मात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलेपनि भन्नुभएको छ, त्यस बारे गठबन्दनमा नेताहरुबिच छलफल भइरहेको छ निर्णय हुने बित्तिक्कै हामी मन्त्री परिवर्तन र काग्रेंसलाई सरकारमा ल्याउँछौँ ।”
स्वभाविक रुपमा नेकपा एकिकृत समाजवादी पार्टी सबैभन्दा ठुलो पाटी छ उनले भनिन् “त्यसैलेपनि हामीले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो तर नेताहरुले कस्तो सहमती गर्नुहुन्छ त्यो अनुसारनै हामी चल्ने छौँ ।”
माओवादीलेपनि रुपमा सरकार परिवर्तन हुने सम्भावना रहेको जनाएको छ । गठबन्दनको भागबण्डाका आधारमा तिन दलले दुई÷दुई र मधेसमा जसपाले नेतृत्व गर्ने सहमती अनुसार सबै प्रदेशको नेतृत्व भइरहेको छ । तर बागमतीमा माओवादीले नेतृत्व गर्ने कुरा उठिरहदा सुदूरपश्चिममा छोड्नुपर्ने अवस्था आउन सक्ने पार्टीले जनाएको छ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदिय दलका प्रमुख सचेतक अक्कल रावलले सरकारनै परिवर्तन समेत हुन सक्ने बताए । नेकपा एकिकृत समाजवादी पार्टीको माग अनुसार बागमती प्रदेशको मुख्यमन्त्री माओवादीलाई र सुदूरपश्चिममा समाजवादीलाई दिन सक्ने रावलको भनाई छ ।
बागमती प्रदेशमा माओवादी र एकिकृत समाजवादी पार्टी बिच पुर्ब सहमती भएको छ भन्ने कुरा आएको छ एदी त्यो हो भने सुदूरपश्चिममा पनि नेतृत्व फेरिन सक्ने सम्भावना छ रावलले भने “बागमतीमा माओवादीले नेतृत्व लिए यहाँ एकिकृत समाजवादीले लिने पक्कानै हो तर अहिलेसम्म पार्टीको निर्णय आइसकेको छैन हेरौँ के निर्णय आउँछ त्यही अनुसार मन्त्री फेरबदल या सरकार परिवर्तन हुन्छ ।”एदी यही सरकार रहे एकिकृत समाजवादी र माओवादीले एक÷एक मन्त्री र एक÷एक राज्यमन्त्री फिर्ता बोलाएर काग्रेंसलाई दिनुपर्ने हुनसक्छ । एकिकृत समाजवादीले नेतृत्व गरे २ मन्त्री काग्रेंस, २ माओवादी र मुख्यमन्त्री सहित अन्य २ मन्त्रालय एकिकृत समाजवादीले लिनसक्ने अनुमान गरिएको छ ।


