धनगढी : नेकपा एकिकृत समाजवादी पार्टीले धनगढी उप महानगरपालिका वडा नम्बर ३ मा टोल कमिटि गठन गरेको छ । वडा नम्बर ३ को केदार टोलमा टोल कमिटि गठन गरिएको हो ।
पार्टी वर्डा नम्बर ३ का अध्यक्ष राम बहादूर तोलागींको अध्यक्षमा आयोजित भेलाले जानकी चन्दको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटि गठन गरेको हो । टोल कमिटि उपाध्यक्षमा लिला ऐर, सचिवमा सुना भण्डारी र सह सचिवमा बेलमती बिष्ट चयन भएका छन् ।
नेकपा एकिकृत समाजवादी पार्टी धनगढी उप महानगर कमिटिका अध्यक्ष मदनराज रेग्मीको प्रमुख आथित्यतामा आया्जित टोल भेलाको बिषिष्ट अतिथि पार्टी जिल्ला कमिटि सदस्य ओम बिक्रम चन्द रहेका थिए ।
नेकपा एकिकृत समाजवादी पार्टीले वडा कमिटि गठन सकेर अब टोल कमिटि गठन शुरु गरेको र सो कार्यक्रमलाई तिब्र पारिने जिल्ला कमिटि सदस्य ओम बिक्रम चन्दले बताए । पार्टी चुनाव केन्द्रित भएर लागेको र सोही अनुसार टोल कमिटि गठन थालेको उनले बताए ।


