धनगढी। धनगढीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। विद्यालयबाट साइकलमा घर फर्किँदै गरेकी राजपुर १३ कि १५ बर्षिया स्वस्तिका कुवँरको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।
धनगढी अत्तरिया ६ लेन खण्ड अन्तर्गत बोराडाडी मैदा मिल नजिकै साइकलमा जेब्रा क्रस गर्ने क्रममा कुवँरलाई बा २ ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । त्यस लगत्तै उनलाई माया मेट्रो अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
तर उनको अस्पतालमा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीले ठक्कर दिने ट्रक र चालक गोदावरी ४ बस्ने गणेश लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ। १५ बर्षिया स्वस्तिका त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ९ अध्ययनरत रहेको जनाइएको छ।


