धनगढी। धनगढीको नवजिवन अस्पतालमा अक्सीजन प्लान्ट सञ्चालनमा आएको छ। नवजिवन अस्पताल परिसरमै दैनिक ५० ओटा अक्सीजन सिलीण्डर ग्याँस उत्पादन गर्ने क्षमता अनुसार अक्सीजन प्लान्ट सञ्चालनमा आएको हो।
अस्पतालमै आफ्नै अक्सीजन प्लान्ट बनाउने र बिरामीलाई सहज रुपले स्वास्थ्य सेवा दिने उदेश्य सहित अक्सीजन प्लान्ट सञ्चालनमा ल्याइएको अस्पताल प्रसासनले जनाएको छ । बिगत कोरोना संक्रमणको समयमा अक्सिजन अभाबमा बाहिर जानुपर्ने बाध्यता र जतिसुकै बेलामा पनी अक्सीजन आवश्यकता पर्ने भएकाले अस्पताल परिसरमै अक्सीजन प्लान्ट सञ्चालनमा ल्याइएको हो ।
नवजिवन अस्पतालका सिइओ चक्र खडायतले बाहिरबाट अक्सीजन ल्याउन समस्या तथा ढिलाई हुने समस्याको महसुस गर्दै अस्पतालमै दैनिक ५० सिलीन्डर उत्पादन गर्ने अक्सीजन प्लान्ट सञ्चालनमा ल्याइएको बताए । उनले भने, अक्सीजन प्लान्ट सञ्चालनमा आएको एक/दुई दिन भएको र सुचारु पनी भैसकेको छ ।
उनले भने, अक्सीजन आबश्यकता पर्ने बिरामीलाई राहात पुग्ने छ भने बिरामीले त्यो झन्जटबाट मुक्त हुनेछन् । हामीले पनी अक्सीजन खोज्न बाहीर जानुपर्ने, भनेको समयमा नपाईने, ढिलाईको समस्या हुन्थ्यो अब यो समस्या पनी हट्छ । अक्सीजन नपाएर बिरामीले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता अब हटेको छ भने बिरामी सहज सेवा पाउने बिश्वास ब्यक्त गरिएको छ ।



