धनगढी। खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीद्धारा कैलालीको लम्कीमा २५ पसल तथा होटलहरुको अनुगमन गरिएको छ ।
चाउमिन सस लगायतका सिलबन्दी खाद्य बस्तुहरु बिना लेबल बजारमा बिक्री गरेको भन्ने जनगुनासो पछि पसल तथा होटलहरुको अनुगमन गरिएको हो ।
खाद्य निरीक्षक विजय बब पराजुली लगायत खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालयका कर्मचारीले पसल तथा होटलहरुको अनुगमन गरेका थिए । साथै अनुगमन गर्दा फेला परेका म्याद गुज्रेका पेय पदार्थ लगायतका खाद्य सामग्री जफत गर्नुका साथै लेबल समाबेश नगर्ने उध्योगको पहिचान गरि उध्योगबाट ऐन अनुरुप नमूना संकलन गरि कारबाही प्रक्रिया समेत अघि बढाइएको खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीले जनाएको छ।
खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीका कार्यालय प्रमुख नवराज दाहालले बिना लेबल बजारमा खाद्य बस्तुहरु बिक्री गरेको जनगुनासो सम्बोधनकालागी आज कैलालीको लम्कीचोक वरिपरिका करीब २५ पसल तथा होटलहरुको अनुगमन गरि जानकारी दिए । उनले लेबल हेरेर मात्र सामग्री खरीद गर्न र लेबल भएकामा उपभोग्य अवधी एकिन गरेर मात्र खरीदबिक्री गर्न सचेत गराइएको समेत जानकारी दिएका छन् । सम्पुर्ण उपभोक्ताहरुलाई सिलबन्दी खाद्यबस्तु खरीद गर्दा लेबल भएका र म्याद नगुज्रेको एकीन गरेर मात्र खरीद गर्नुहुन अपील गरिएको खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीका कार्यालय प्रमुख दाहालको भनाई छ ।



