धनगढी। कैलालीमा ट्रक दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। कैलालीको गौरीगंगा नगरपालिका–१० मा ट्रक दुर्घटना हुँदा १२ जना घाइते भएका प्रहरीले जनाएको छ ।
आइतबार बेलुकी जिल्लाको गौरीगंगा नगरपालिका–१० गणेश सामुदायिक वनस्थित हसुलिया बडैपुर सडकखण्डमा ट्रक दुर्घटनामा परेको हो। हसुलियाबाट धनगढी आउँदै गरेको सुपप्र ०१००१ क २०२७ नम्बरको मिनीट्रक पल्टिएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
प्रहरीका अनुसार जोशीपुर गाउँपालिका-४ का ३४ वर्षीय गुलाब चौधरीले चलाएको सो ट्रक दुर्घटनामा ट्रकमा सवार गौरीगंगा-७ की ५५ वर्षीया रामकलीया चौधरी, ५० वर्षीया छडनी चौधरी, ५० वर्षकै कालीचरण चौधरी, ३३ वर्षीय रविन्द्र चौधरी र जनक चौधरी घाइते भएका छन्। त्यस्तै घाइते हुनेमा ५ वर्षीया भागरथी चौधरी, १२ वर्षीय सोम चौधरी, १७ वर्षीया ममता चौधरी, १५ वर्षीय अनिल चौधरी, २२ वर्षीय अर्जुन चौधरी, ३२ वर्षीया रंगीना चौधरी र जोशीपुर-३ का ३७ वर्षीय राजाराम चौधरी घाइते भएका छन्। घाइतेहरुको सौगात मेडिकल हल मसुरियामा उपचार भइरहेको र घाइते १२ जनामध्ये ५ जनालाई धनगढीस्थित निर्सग हस्पीटलमा रिफर गरिएको बताइएको छ ।

