कञ्चनपुर। कञ्चनपुरमा जुवा खेल्ने र खेलाउने ८ जना पक्राउ परेका छन् । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ४ बसपार्कस्थित होटल एण्ड वारबाट जुवा खेल्ने र खेलाउने ८ जना पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीटोलीले आज दिउँसो ३ः ४५ बजे भिमदत्त ४ बसपार्कबाट बिरेन्द्र सिहले संचालन गरेको होटल एण्ड वारमा जुवातास भईरेको छ भन्ने गोप्य सुचनाको आधारमा ७९ हजार ५ सय ९५ रुपैयाँसहित ८ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कञ्चनपुर भिमदत्त नगरपालीका वडा न ४ बजार बस्ने वर्ष ३० का महेश सिह धामी, सोही वडा न ४ बस्ने वर्ष २३ का खेमराज जोशि, सोही वडा न ४ बसपार्क बस्ने वर्ष २७ को शिवा सिह बस्नेत,सोही वडा न ४ बसपार्क बस्ने वर्ष २० को भरत सिह, सोही वडा न ८ बस्ने वर्ष २६ को चक्र चन्द,सोही वडा न १ बस्ने वर्ष २८ को केशव साउद, वडा न ३ भासी बस्ने वर्ष २९ को राजेश पन्त, वडा न ४ बस्ने छोरा वर्ष ३२ को विरेन्द्र सिह रहेका छन्।साथै उनीहरुको साथबाट १ गड्डी तास सहित नियन्त्रणमा लिई पक्राउ परेकामाथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


