धनगढी। कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय भजनी कैलालीबाट खटिएको प्रहरी टोलिले शनिबार राति भजनी नगरपालिका–६ महादेउलीबाट से३प ९४० नम्बरको मोटरसाइल र लागूऔषधसहित उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका– १ बस्ने २४ वर्षीय रोहित खडका, २० वर्षीय अन्जान डगौरा र २२ वर्षीय अर्जुन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार उनीहरुको साथबाट ५ ग्राम खैरो हिरोइन फेला परेको थियो। उनीहरुलाई ईलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।


