धनगढी। धनगढीको ब्राइट वे पब्लिक स्कूललाई अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार प्राप्त भएको छ। ब्रिटिश काउन्सिलद्वारा विभिन्न मापदण्डका आधारमा प्रदान गरिने ब्रिटिश काउन्सिल फाउन्डेसन अवार्ड धनगढीको ब्राइट वे पब्लिक स्कुलले पहिलोपटक पाएको हो।
अन्तर्राष्ट्रियस्तरको सो पुरस्कारकालागि देशभरका करिब पचासभन्दा बढी विद्यालयले प्रतिस्पर्धा गरेका थिए। ब्राइट वे पब्लिक स्कुलले पहिलोपटककै सहभागितामा पुरस्कार पाएको जनाएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त मूल्यांकनका आधारमा वितरण गरिने अन्तराष्ट्रिय पुरस्कार ब्राइट वे ले पाएको विद्यालयका प्रिन्सिपल कुबेर साउदले बताए।
विद्यार्थीहरुले गरेका विभिन्न प्रोजेक्ट वर्कको उत्कृष्टताको आधारमा सो अवार्ड वितरण हुँदै आएको छ । सन् २०२०/२१ को अवधिमा विद्यार्थीहरुले गरेका विभिन्न क्रियाकलापको मूल्यांकन गरेर अवार्ड प्रदान गरिएको विद्यालयकी कार्यक्रम संयोजक इन्दिरा बोगटीले जानकारी दिइन्। यस अन्तर्गत विद्यार्थीहरुले भाषा तथा संस्कृतिको प्रस्तुति, डिजिटल साक्षरता, क्षमता विकास, सेमिनार र गोष्ठीमा सहभागिता लगायतका क्रियाकलाप गरेको उनले जानकारी दिइन्। कार्यक्रमबाट शिक्षकशिक्षिका सहित विद्यार्थीको क्षमता विकासमा ठूलो योगदान पुगेको उनको धारणा छ। सो विद्यालय धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५, हसनपुरमा रहेको छ।
साथै उक्त ब्राइट वे पब्लिक स्कूल परिवारले हामी ब्राइट सार्वजनिक स्कूल धनगढीलाई स्कूलमा गरिएको गतिविधिहरूको लागि कागजातहरूको लागि प्रोफेसर पेश गरेपछिको घोषणा गर्नमा गर्व गर्दछौं, भनेको छ। यस उपलब्धिको लागि हाम्रा सम्पूर्ण आदरणीय विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी र शुभचिन्तकहरूमा हामी आभारी छौं। ISA एउटा उत्कृष्ट परियोजना हो जसमा बच्चाहरूले आफ्नो सह-पाठ्यक्रम गतिविधिबाट धेरै कुरा सिकेका छन् र धेरै सुधार गरेका छन्। हामीले धेरै कुराहरू सिकेका छौँ जसले हाम्रो क्षितिज विस्तार गर्यो र विदेशमा नयाँ साथीहरू कमाएका थिए विद्यार्थीहरू सबै गतिविधिहरूमा धेरै सक्रिय रूपमा संलग्न थिए र उनीहरूले आफैंमा रमाइलो गर्दै ज्ञान प्राप्त गरे। यो एक पुरस्कार मात्र होइन, यो हाम्रो पुस्तालाई २१ औं शताब्दीमा ल्याउने पाठ्यक्रम बनाउने र आकार दिने पूर्ण अनुभव हो जसले तिनीहरूलाई विश्वव्यापी समुदायमा नेताको रूपमा बढ्न मद्दत गर्नेछ। हेर्नूहोस ब्रिटिश काउन्सिल अन्तर्राष्ट्रिय विद्यालय फाउन्डेसन अवार्ड ब्राइट वे पब्लिक स्कूललाई प्रदान गरेको…


