धनगढी। सुदूरपश्चिम प्रदेशमा बजेट अभावका कारण भौतिक पूर्वाधारका योजना प्रभावित अधुरै भएको पाइएको छ।
सुदूरपश्चिम प्रदेशमा बजेट अभावका कारण सडक बिस्तार, कालोपत्रेको काम, सडक पुल तथा झोलुुङ्गे पुुल लगायत साना तथा ठूला खालका योजना अधुरै रहेको पाइएका हुन्। बजेट अभावकै कारण धेरै योजनाको काम प्रभावित भइरहेका छन् भने’ठूला खालका योजना कार्यान्वयनमा लैजान समस्या भैरहेको जनाइएको हो।
सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको पूर्वाधार कार्यालयका अनुसार पर्याप्त बजेट नभएकै कारण भजनी–छोटी भन्सार–खिमडी–ठूलीगाड सडक निर्माण प्रभावित भइरहेको छ । यस्तै कैलालीको भजनीदेखि सुुखडसम्मको १० किलोमिटर सडकको हाल कालोपत्रेको काम भइरहेको छ । करीब १६ करोड रुपैयाँ लागतको यो योजनाको ठेक्का २०७६ साउनमा क्याब जोशी जेभीले पाएको थियो ।
सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालुु आर्थिक वर्षमा यो सडकका लागि जम्मा एक करोड रुपैयाँ विनियोजन गरेको छ । तीन किलोमिटरको भजनी–छोटी भन्सार–खिमडी–ठूलीगाड सडक निर्माणको ठेक्का केएस तेडी जेभीले पाएको छ । २०७६ सालमै सात करोड ७४ लाख रुपैयाँमा ठेक्का लगाइएको यो सडकमा कालोपत्रे अझै शुर भएको छैन, नाला निर्माण लगायतका काममात्र गरिएको छ ।बौनिया खण्डमा काम भइरहेपनि चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट मात्र छुुट्याइएकाले कालोपत्रे समयमै सकिनेमा आशंका छ । चार किलोमिटरको गुुलारा–प्रतापपुुर सडकका लागि समेत प्रदेश सरकारले चालुु आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट मात्र विनियोजन गरेको छ ।
२०७६ सालको फागुनमा रोयल मालिका प्रशंसा जेभीले यो सडक ८ करोड ८४ लाख रुपैयाँमा ठेक्का पाएके थियो । अन्य योजनामा जस्तै गुुलारा–प्रतापपुुर सडकमा पनि पर्याप्त बजेट अभावमा काम प्रभावित हुने गरेको छ । करीब ८० प्रतिशत काम सकिएको र चैत्रभित्र काम पूरा गर्नुपर्ने भए पनि बजेटका कारण काम रोकिने देखिएको छ। पूर्वाधार विकास कार्यालय धनगढीले सडक, पुल, तथा झोलुुङ्गे पुुलका समेत गरेर चालुु आर्थिक वर्षमा चार सय २६ योजना कार्यान्वयन गरिरहेको छ । जसमा १७ वटा मात्र पुुल निर्माणका योजना रहेकामा बाँकी सबै सडक पूर्वाधारका छन् ।
तीमध्ये अधिकांश योजना अघिल्लो वर्षबाट सरेर आएका छन् भने स–साना गरेर चालुु आर्थिक वर्षमा करीब दुुई सय वटा नयाँ योजना रहेको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको पूर्वाधार कार्यालयले जनाएको छ। पूूर्वाधार कार्यालयका सूचना अधिकारी इन्जिनियर नवराज रावलले योजना धेरै भएको र बजेट थोरै हुँदा कार्यान्वयनमा समस्या भइरहेको र स–सनादेखि ठूला खालका योजनाको संख्या धेरै रहेपनी लागत अनुुमानअनुसार बजेट नपाउँदा समस्या हुने गरेको बताए । बजेट अभावकै कारण धेरै योजनाको काम प्रभावित भइरहेका छन् भने निर्माण व्यवसायीले सम्पन्न गरिसकेका कामको पनि भुुक्तानी दिन नसकिएको उनले बताए । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तुुलसीराम भट्टराईले प्रदेश सरकारको आवधिक योजना तयार गर्न नसकेकाले योजना वितरण र बजेट बाँडफाँटमा पनि समस्या भइरहेको जानकारी दिए । ठूला खालका योजना कार्यान्वयनमा लैजान नसकेकाले बजेट व्यवस्थापनमा समस्या भइरहेको उनले जानकारी दिए ।


