कैलाली। कैलालीमा दुईजनाको शव झुन्डिएको अवस्थामा फेला परेको छ । कैलालीको गौरीगंगा वडा नम्बर ३ जुनेली शिविरकी १६ वर्षिया सञ्जु चौधरी र सोही ठाउँका १९ वर्षिय मायाराम चौधरी मृत फेला परेका हुन। आइतबार साँझ किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार किशोरी मृत फेला परेको १५ मिनेटपछि २०० मिटर टाढा रुखमा झुन्डिएको अवस्थामा किशोरको शव फेला परेको हो । दुवैको मृत्यु बारे अनुसान्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


