धनगढी। कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ २ जना घाइते भएका छन् । कैलालीको गौरीगंगा नगरपालिका ३ कुचैनी स्थित पुर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ गइरहेको ना ४ ख ३३०७ नम्बरको ट्रकले भित्रि सडक खण्ड दक्षिणबाट हाईवे क्रस गरी उत्तर तर्फ जाँदै गरेको से २ प ७४८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ २ जना घाइते भएका हुन ।
ट्रकको ठक्करबाट घाइते हुनेमा मोटरसाइकल चालक २२ बर्षिय आकाश चौधरी र मोटरसाइकलमा सवार कमल चौधरी रहेकोे प्रहरीले जनाएको छ । घाइते दुवै जनाको निसर्ग अस्पताल धनगढी उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ट्रक चालक कैलारी गाउँपालिका ८ का ४७ वर्षीय रामफल चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा रहेको छ।


