धनगढी। धनगढीमा एनसीसी बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको छ। बिहीबार नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमेटेडले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको हो।
बिहान ९ देखी दिउँसो २ बजेसम्म गरिएको रक्तदान कार्यक्रमबाट ५५ पिन्ट रगत संकलन भएको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमेटेडले जनाएको छ।‘ कम्तीमा एक परिवार एक रक्तदाता अभियानमा सहभागी हौ’ भन्ने नाराका साथ उक्त कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ। प्रत्येक स्वस्थ युवा युवतीहरुले आफ्नो १८ बर्ष पुगेपछि रक्तदान गर्न समेत सन्देश दिइएको छ ।


