धनगढी। धनगढीका बाढीपीडितलाई राहत वितरण गरिएको छ । टीजुची फाउण्डेशनको सहयोग, बोधिसत्व बिहारको संयोजकत्व तथा नेपाल परिवार दलका युवा नेता खडक नागरीको पहलमा सुदूरपश्चिमका बाढीपीडितलाई राहत वितरण गरिएको हो।
धनगढी उपमहानगरपालिका–१, मा एक सय २५ परिवार, वडा नम्बर २ र १३ मा ४०/४० परिवारलाई राहत वितरण गरिएको हो । प्रतिपरिवार २५ किलो जिरा मसिनो चामल, १० किलो ज्ञान आटा, चना, मसुरको दाल, चिनी, खाने तेल, नुन, साबुनलगायत खाद्यान सामग्री वितरण गरिएको नागरीले जानकारी दिए । टीजुची फाउण्डेशनका राष्ट्रिय सयोजक डा. पिया रतन महर्जनले पीडितलाई खाद्य सामग्री हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा नेपाल परिवार दलका जिल्ला अध्यक्ष बिशाल चौधरी, स्थानीय अगुवा सुन्दरलाल चौधरी, शान्ति बलका केन्द्रीय सदस्य अजय जैरुलगायतको सहभागिता रहेको थियो। धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाका केही वडामा थप राहत वितरण गरिने फाउण्डेशनले जनाएको छ । सुदूरपश्चिममा बाढीपहिरोबाट पीडित साढे तीन सय परिवारलाई राहत वितरण गर्ने कार्यक्रम रहेको नेपाल परिवार दलका युवा नेता खडक नागरीले जानकारी दिए ।

धनगढीका ३ सय ५० बाढीपीडितलाई टीजुची फाउण्डेशनको सहयोगमा राहत वितरण
धनगढीका ३ सय ५० बाढीपीडितलाई टीजुची फाउण्डेशनको सहयोगमा राहत वितरण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

