कञ्चनपुर। कञ्चनपुर प्रहरीले लागु औषध दुव्र्यसनी सम्वन्धी सचेतना फैलाउन विद्यालय केन्द्रीत अभियान थालेको छ।
प्रहरीले बेदकोट नगरपालिका वडा नम्बर ७ सुडास्थित घटाल माविमा नगरपालिको आयोजनामा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरको समन्वयमा वडा अध्यक्ष बीर बहादुर डगौराको अध्यक्षता, नगरका उप प्रमुख,कञ्चनपुर जिल्ला अदालतका श्रेस्तेदार जयन्ती अवस्थी भट्टको वशिष्ट आतिथ्यता, शिक्षक, अभिभावक, कक्षा ११ र १२ मा अध्ययरत विद्यार्थीलाई सचेतनामूलक कार्यक्रम गरेको हो।
प्रहरीले लागुऔषध दुव्र्यसनी नियन्त्रण, रोकथामबाट बच्ने उपाय र कानूनी प्रावधान सम्वन्धी जनचेतनामुलक र्काक्रम गरिएको जनाईएको छ। कार्यक्रममा १३० जनाको उपस्थिति रहेको थियो।


