धनगढी। कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो चौमासिकमा लक्ष्य अनुसार राजश्व संकलन गर्न असफल भएको छ।
कैलाली भन्सारले चालु आर्थिक बर्षको पहिलो ४ महिनामा राखेको लक्ष्य अनुसारको राजश्व भने संकलन गर्न नसकेको हो । पहिलो चौमासिकमा भन्सार कार्यालयले ३५ लाख ८९ हजार ६ सय ९८ रुपैयाँ लक्ष्य राखेकोमा ३० लाख ४२ हजार ३ सय ११ रुपैयाँ मात्रै सङ्कलन भएको कैलाली भन्सार कार्यालय धनगढीका सूचना अधिकारी अम्बिका केसीले जानकारी दिईन्।
गत आर्थिक वर्ष २०७७ र ०७८ को पहिलो चौमासिकमा भने २४ लाख ७८ हजार ६ सय १६ रकम लक्ष्य राखेकोमा तोके भन्दा बढी २७ लाख ६७ हजार ७ सय ७६ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो साउन महिनामा ७ लाख ६ हजार ५० लक्ष्य राखेकोमा ६ लाख २८ हजार ९ सय ५७ रुपैयाँ, भदौ महिनामा ९ लाख २५ हजार ३ सय ४७ लक्ष्य राखेकोमा ८ लाख ११ हजार ४ सय ३२ रुपैयाँ, असोजमा ९ लाख ४७ हजार ६ सय ८७ लक्ष्य लिएकोमा ७ लाख ७४ हजार ६ सय ११ रुपैयाँ र कार्तिक महिनामा १० लाख १० हजार ६ सय १४ लक्ष्य लिएकोमा ८ लाख २७ हजार ३ सय ११ रुपैयाँ मात्रै राजस्व सङ्कलन गरेको सूचना अधिकारी केसीले बताइन्।
आयातको तुलनामा निर्र्यात भने निकै न्यून रहेको भन्सार कार्यालयले जनाएको छ । बढी राजस्व संलकन हुने चिज बस्तुहरूमा पेट्रोल, डिजेल, मट्टितेल, र्माबल, टायल जस्ता चिज बस्तुहरू रहेका छन् । भने निर्यात गथ्था लगायतका कच्चा पदार्थ मात्रै भइरहेको सूचना अधिकारी केसीले जानकारी दिईन् । आयातको तुलनामा निर्यातमा अत्याधिक कमी आउँदा समग्र देशको अर्थतन्त्रमा घाटा पुग्ने देखिएको उनले बताईन् ।


