अछाम। अछाममा भएको बस दुर्घटनामा ज्यान गुमाएका आफन्तले उचित क्षतिपूर्ति नपाए आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । अछाममा मङ्गलवार भएको बस दुर्घटनामा ज्यान गुमाएकाका आफन्तहरूले उचित राहत नपाउन्जेल आन्दोलनका कार्यक्रम जारी राख्ने बताएका हुन्।
ज्यान गुमाएकाहरूका आफन्तले उचित राहतको माग गर्दै बुधवार (हिजो) देखी आन्दोलन गर्दै आईरहेका छन् । बुधवार जिल्ला सदरमुकाम मंगलसैनमा चक्काजाम गर्दै उनीहरूले सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाएका थिए।आन्दोलन पक्षले आज देखी भने सुदूरपश्चिम बस व्यवसायी समिति बाहेकका अन्य सवारी साधन निर्वाद रुपमा सञ्चालन गर्न दिएका छन् ।
मङ्गलवार अछामको सदरमुकाम मंगलसैनबाट धनगढी जाँदै गरेको सुदूरपश्चिम यातायातको ना छ ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै दुर्घटना हुँदा मंगलसैन नगरपालिकाका २ जनाको ज्यान गएको थियो। दुर्घटनामा परि मंगलसैन नगरपालिका वडा नम्बर १ कुन्तीबण्डालीका २१ वर्षीय एकेन्द्र थापा र सोही नगरपालिका वडा नम्बर १४ कालागाउँका ५७ वर्षीय टंक भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो भने बसमा सवार २ दर्जन बढी यात्रु घाइते भएका थिए। एक विज्ञप्ति जारी गर्दै बस दुर्घटनामा ज्यान गुमाएकाहरूका आफन्तले माग अनुसारको राहत नपाउन्जेल सुदूरपश्चिम बस व्यवसायी समितिका सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने उनीहरूको भनाई छ ।विज्ञप्ति यस्तो छ हेर्नुहोस

