धनगढी। कञ्चनपुरका ३ सय ३८ जना अपांगता भएका नागरिकहरुले घर दैलोमा नै पाए खोप सेवा पाएका छन् ।
कर्डएड , लुथरन बिश्व फेडरेसन नेपाल, रास्ट्रिय मुक्त हलिया समाज महासंघ र सर्वाङिण अपांगता बिकास समाज नेपालको सयुक्त साझेदारीमा, कंचनपुरको पुनर्बास र कृष्णपुर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा पुर्ण अशक्त र अति अशक्त अपांगता भएका नागरिकहरुको घर दैलोमा नै गई कोरोना विरुद्धको खोप र सहायक सामग्री नापजाँच सेवा दिइएको हो। 
यस्तै सोही कार्यक्रममा असहाय नागरिकलाई सेवा दिएको उक्त कार्यक्रमका प्राबिधिक सहजकर्ता नन्दराज भट्टले जानकारी दिए। ३ दिन ९ वडामा निरन्तर अभियान संचालन भइ पुर्ण र अति अशक्त अपांगता भएका नागरिक लाभान्वित भएका छन। उक्त खोप अभियानको मिति २०७८ मंसिर ०८ गतेका दिन स्वास्थ्य शाखा खोप बिभाग प्रमुख र सर्वाङिण अपांगता बिकास समाज नेपालका कार्यकारी निर्देशक नन्दराज भट्ट र फिल्ड सहज कर्ता ईन्द्र बहादुर पालीद्वारा सुरुवात गरिएको हो।
यस्तै कार्यक्रममा नगरपालिका सामाजिक बिकास अधिकृत, शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले यो सस्थाले यो कार्यक्रमले जनताको घर दैलोमा खोप दिने कामले नेपालकै लागि नमूना काम भएको जानकारी दिए । उनले भने,-जब कि हामीले खोप केन्द्रमा लक्षित बर्ग लागि खोप लगाउन नसकी रहेको अवस्थामा यो अभियानबाट जनतालाई घर दैलोमा नै सेवा दिनु महान तथा अनुकरणीय काम नै हो उनले भने। यसरी यो कार्यक्रमलाई यो पालिकामा ल्याउनु हुने सस्थालाइ हार्दिक धन्यवाद सहित पालिकाको तर्फबाट यस्तो महान तथा अनुक्रणिय कार्यक्रम गर्न ल्याउने हुने संघ सस्थाहरुकोलागी पालिका परिवार सधैं तत्पर र सह्योगी भुमिकामा रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।


