कञ्चनपुर। कञ्चनपुरमा अवैध काठ बरामद गरिएको छ। बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय झलारी र सभ डिभिजन बन कार्यालय बाणिबाट खटिएको सयुक्त टोलीले अबैध काठ बरामद गरेको हो ।
शुक्रबार राति कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटा बस्ने सुकली देवी चौधरीको घरमा काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घरमा अबैध रुपमा काठ लुकाई छिपाई राखेको छ।
बिशेष सुचनाको आधारमा चौधरीको घरबाट ७५.३६ क्यूफिट सालको काठ फेला पारेको प्रहरीले बताएको छ। बरामद काठ आवश्यक कारबाहीका लागि वन डिभिजन कार्यालय बाणी कञ्चनपुरमा बुझाएको प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।


