धनगढी। कैलालीको अत्तरियामा एक जना महिला मृत अवस्थामा फेला परेकी छन्। डडेल्धुरा घर भई हाल कैलालीको अत्तरियामा भाडामा बस्दै आएका २७ बर्षिय कल्पना भट्ट मृत अवस्थामा फेला परेकी हुन्।
उनी गएराति आफ्नै सुत्ने कोठामा पङ्खामा झुण्डीएको अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। परिवारका सबै जना देउता पुज्न पहाड गएका बेला उनी मृत फेला परेकी हुन् । उनका ९ बर्षिय छोरा रहेका छन् । अहिले माईती पक्ष र परिवारका सदस्यहरुलाई बोलाईएको छ भने घटना स्थलमा प्रहरी खटिएको छ ।


