धनगढी। कैलालीको अत्तरियामा अन्टेस्ट फोर्स गाडीले ठक्कर दिदाँ एक जना पैदल यात्री गम्भीर घाइते भएका छन। कैलालीको गोदावरी नगरपालिका १ स्थीत ट्राफिक चेक पोष्ट नजिकै पुर्वबाट अत्तरियातर्फ आउँदै गरेको उक्त गाडीले पैदलयात्रीलाई ठक्कर दिएको हो।
उक्त फोर्स गाडीले ठक्कर दिदाँ सोही ठाउँका २८ वर्षीय श्याम विश्वकर्मा गम्भीर घाइते भएका छन। प्रदेश प्रहरी कार्यालय अत्तरियाका अनुसार शनिबार साँझ गाडीको ठक्करबाट घाइते भएका विश्वकर्माको अवस्था गम्भीर रहेको छ। गम्भीर रहेका विश्वकर्माको पदमा अस्पतालबाट थप उपचारका लागि मायामेट्रो अस्पताल रेफर गरिएको जनाइएको छ ।


