धनगढी। शुक्रबार सेती प्रयोगशालामा १४ नमुना परिक्षण गर्दा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको र बाँकी ११ जनामा कोरोना संक्रमण नभेटिएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।
हाल अस्पतालमा ४ जना संक्रमित विरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ । पछिल्लो २४ घण्टामा एक जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन । दुई जना विरामीको आइसियुमा उपचार भइरहेको सुचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन् ।


