कञ्चनपुर। कञ्चनपुरमा शुक्रबार मोटरसाइकल र कार आपसमा ठोक्किएका छन् । महेन्द्र राजमार्ग अन्तर्गत जिल्लाको बेदकोट नगरपालिका दैजी शंकर इटा भट्टा नजिकै मोटरसाइकल र कार आपसमा ठोक्किएका हुन् । मोटरसाइकल र कार आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जना घाइते भएको प्रहरीले जनाएको छ।
बा २१ च ९८९७ नम्बरको हाइलेक्स गाडी र सुपप्र ०१० प २०७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्। दुर्घटनामा मोटरसाइकल चालक बेदकोट नगरपालिका–३ बस्ने ३० बर्षीय बीरेन्द्र महरा गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक केशब भट्टले बताए। गाडी चालक बीरेन्द्र चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेको अहिले धनगढीको निसर्गमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।


