सुदुरपश्चिम प्रदेश युवा परिषदले पुर्णता पाएको छ। यस अघि सुदुरपश्चिम मन्त्री परिषदले कार्यकारी उपाध्यक्षमा युवराज कुँवरलाई नियुक्त गरेता पनि सदस्यहरुको पदपुर्ती हुन सकेको थिएन। भुगोल र समाबेशितामा रहेर रिक्त सदस्य पदपुर्ती गर्नु पर्ने भएकोले केही बिलम्ब भएको सामाजिक बिकास मन्त्री लाल बहादुर खडकाले बताए। सपथ संगै पुर्णता पाएको युवा परिषदले अब प्रदेश सरकारले युवाका खेत्रमा अख्तियार गरेका कार्यक्रमहरुलाई प्रभावकारी ढङ्ग्ले कार्यान्वयन गर्नुका साथै हरेक क्षेत्रमा युवाको समुचित सहभागिताका लागि आवज उठाउने र समृद्धि प्रदेश निर्माणका लागि उत्पादन सँग युवालाई जोडि दक्ष युवा उत्पादनमा जोड दिने परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले बताए। सपथ कार्यक्रममा सामजिक बिकास राज्यमन्त्री मना कुमारी साँउदको समेत सगभागिता रहेको थियो ।
सपथ सकिए संगै धनगढी उपमाहानगर पालिका ४ एनसियल टावर नजिक रहेको परिषदको प्रदेश कार्यलयको समेत एक कार्यक्रमका बिच मन्त्री खडकाले उद्घाटन गरेका थिए ।
सुदूरपश्चिम प्रदेश युवा परिषदले पायो पुर्णता
सुदूरपश्चिम प्रदेश युवा परिषदले पायो पुर्णता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

