बैतडी। दार्चुलाको तुइन घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने भन्दै बैतडीमा विप्लव नेतृत्वको नेकपाले प्रदर्शन गरेको छ । नेकपाले दार्चुलाको तुइन घटनामा संलग्नलाई कारवाहीको माग गर्दै बैतडीको पाटनमा प्रदर्शन गरेको हो। शुक्रबार भारतीय एसएसबीले तुइन काटिदिँदा दार्चुलाका जयसिंह धामी महाकाली बेपत्ता भएका छन् । बेपत्ता धामीको खोजी गर्नुपर्ने र सो कार्यमा संलग्न भारतीय सुरक्षाकर्मीलाई कारवाही गर्नुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्।प्रर्दशनकारीहरूले भारतीय साम्राज्यवाद मुर्दाबाद १ सिमानामा भारतीय ज्यादती बन्द गर! लिपुलेक, कालापानी बन्द गर ! नेपाल र नेपाली माथिको हत्या हिंसा बन्द गर ! लगायतका नारा लेखिएका प्ले कार्डहरू बोकेर प्रदर्शन गरेका थिए ।
तुइन घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने भन्दै बैतडीमा नेकपाद्धारा प्रदर्शन
तुइन घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने भन्दै बैतडीमा नेकपाद्धारा प्रदर्शन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

