धनगढी। कैलालीको धनगढीमा भारतबाट ल्याईएका अवैध सामान बरामद गरिएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले कैलालीको धनगढी उप-महानगरपालिका वडा न ९ बंग्राकटान स्थित सडक खण्डमा भारतबाट अबैध रुपमा भन्सार चोरी गरी ल्याइएका २ लाख ७८ हजार २१० मुल्य बराबरका सामान बरामद गर्न सफल भएको हो । शुक्रबार साँझ ६ बजे जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उप-महानगरपालिका ९ बंग्राकटानबाट उक्त सामान बरामद गरेको जनाएको हो। बरामद गरिएका बिभिन्न किसिमका सामानहरुलाई भन्सार ऐन बमोजिम कारबाहीका लागी आज जिल्ला भन्सार कार्यालय कैलालीलाई बुझाईएको प्रहरीले जानकारी दिएको छ ।
कैलालीको धनगढीमा भारतबाट ल्याईएका अवैध सामान बरामद गरिए
कैलालीको धनगढीमा भारतबाट ल्याईएका अवैध सामान बरामद गरिए
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

